“Office Package" पढेर के हुन्छ भन्ने कुरा धेरै विद्यार्थीहरूलाई जान्न मन लाग्छ।

Office Package भनेको यस्तो कोर्स हो जसले तपाईंलाई दैनिक जीवन, अफिस, र पेशागत क्षेत्रमा आवश्यक पर्ने कम्प्युटर सीपहरू सिकाउँछ। यो कोर्स सकेपछि तपाईंले गर्न सक्ने कामहरू यस्ता छन्:
के-के सिकिन्छ Office Package मा?
- Microsoft Word पेशागत Document, CV, Application, Report तयार गर्न
- Microsoft Excel – हिसाब–किताब, डेटा एनालाइसिस, रिपोर्टिङ, टेबलहरू बनाउन
- Microsoft PowerPoint – आकर्षक Presentation बनाउन
- Typing Practice (English/Nepali) – छिटो र सही टाइप गर्ने सीप
- Email & Internet Use – अफिसीयल इमेल, गूगल ड्राइभ, इन्टरनेट प्रयोग सिकाइ
- AI Tools (हाम्रो कोर्समा विशेष) – AI को सहयोगमा सबै कामलाई सजिलो बनाउने तरिका
Office Package पढेपछि के गर्न सकिन्छ?
- सरकारी तथा निजी अफिसहरूमा कम्प्युटर अपरेटरको जागिर पाउन सकिन्छ
- कम्प्युटर टिचर बन्न सकिन्छ (विद्यालय/इन्स्टिच्युटहरूमा)
- Freelancing काम गर्न सकिन्छ (CV बनाउने, डाटा एन्ट्री, रिपोर्ट तयार पार्ने आदि)
- स्वतन्त्र रूपमा काम गर्न सकिन्छ – पसल वा संस्था खोलेर सेवा दिन सकिन्छ
- आफ्नो पढाइ र करिअरमा उपयोगी हुन्छ – रिपोर्ट, प्रोजेक्ट, प्रेजेन्टेसन बनाउन
यदि तपाईं कुनै पनि क्षेत्र (सरकारी, प्राइभेट, ब्यापार, अध्यापन) मा जान चाहनुहुन्छ भने Office Package तपाईँको लागि अत्यन्तै उपयोगी छ।
AI को प्रयोगसहितको Office Package त अझै स्मार्ट र अपग्रेडेड छ!